काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५३६ जनामा पिसिआर परिक्षण गर्दा २४१ जना र ४०३० जनामा एन्टीजेन परिक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार २६५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५८८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ११२ जना, ललितपुर जिल्लामा २९ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४८ लाख ३८ हजार २२३ पिसिआर परीक्षण भएको छ भने ८ लाख ९ हजार ५४१ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् ।
आजसम्म १ करोड ३७ लाख ९४ हजार ४१७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड २ लाख २९ हजार १४४ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ४० लाख २३ हजार ५६१ मात्रा कोरोना खोप लगाई सकिएको छ ।