काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२४७३ जनामा पिसिआर परिक्षण गर्दा २५२ जना र ४६१६ जनामा एन्टीजेन परिक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ९ हजार ३८७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५७७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ९० जना, ललितपुर जिल्लामा ३८ जना र भक्तपुर जिल्लामा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४७ लाख ८४ हजार २३१ पिसिआर परीक्षण भएको छ भने ७ लाख ८९ हजार १२४ एन्टीजेन परीक्षण गरिएको छ भने ९५ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।
आजसम्म १ करोड २२ लाख ५१ हजार १८३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९७ लाख ३७ हजार ३३३ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड १९ लाख ८८ हजार ५१६ मात्रा कोरोना खोप लगाई सकिएको छ ।