८ मंसिर २०८१, शनिबार

देशभर थप २४६ जनामा कोरोना पुष्टि, ३४७ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४०० जनामा पिसिआर परिक्षण गर्दा २२३ जना र १४३६ जनामा एन्टीजेन परिक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ३ हजार ७१६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणवाट मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११५३५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५५ जना, ललितपुर जिल्लामा २९ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४६ लाख ४९ हजार ३९० पिसिआर परीक्षण भएको छ भने ७ लाख ३७ हजार ९५० एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ६ हजार ९२१ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म १ करोड २ लाख ४८ हजार ३६९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ८८ लाख ६२ हजार २१६ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !