काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५९० जनामा पिसिआर परिक्षण गर्दा ३०५ जना र २३३० जनामा एन्टीजेन परिक्षण गर्दा २७ जना गरी ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १ हजार १२२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५१३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १४४ जना, ललितपुर जिल्लामा २६ जना र भक्तपुर जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४५ लाख ८४ हजार ५५६ पिसिआर परीक्षण भएको छ भने ७ लाख १९ हजार ५५६ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल देशभर ७ हजार ३६९ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९२ लाख ८४ हजार ३३७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८० लाख ५९ हजार ३०२ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ७३ लाख ४३ हजार ६३९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।