९ पुस २०८१, मंगलबार

देशभर थप ३५१ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८७२९ जनामा पिसिआर परिक्षण गर्दा ३१३ जना र १४४५ जनामा एन्टीजेन परिक्षण गर्दा ३८ जना गरी ३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ८९० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५०९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १०५ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४५ लाख ७६ हजार ९६६ पिसिआर परीक्षण भएको छ भने ७ लाख १७ हजार २२६ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ३०० जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९२ लाख ६ हजार १८७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७९ लाख ९० हजार १९० जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ७१ लाख ९६ हजार ३७७ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !