९ पुस २०८१, मंगलबार

देशभर थप ४१६ जनामा कोरोना पुष्टि, २७० जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५५४ जनामा पिसिआर परिक्षण गर्दा ३६७ जना र ४८४८ जनामा एन्टीजेन परिक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९८ हजार ५४४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४७८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १२६ जना, ललितपुर जिल्लामा ४३ जना र भक्तपुर जिल्लामा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४५ लाख १४ हजार ७५ पिसिआर परीक्षण भएको छ भने ६ लाख ९९ हजार ७२२ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८८ लाख ७६ हजार ३०७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७५ लाख ८० हजार १३३ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ६४ लाख ५६ हजार ४४० मात्र कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !