६ जेष्ठ २०८१, आइतबार

देशभर थप ४४० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५४०७ जनामा पिसिआर परिक्षण गर्दा ३८७ जना र १४०७ जनामा एन्टीजेन परिक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९६ हजार ७८० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४६० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १५५ जना, ललितपुर जिल्लामा ३२ जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ७४ हजार ५४५ पिसिआर परीक्षण भएको छ भने ६ लाख ८५ हजार २८२ एन्टीजेन परीक्षण गरिएको छ भने ९९ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८७ लाख ५० हजार ९६० जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७४ लाख ८२ हजार १९५ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ६२ लाख ३३ हजार १५५ मात्र कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !