६ जेष्ठ २०८१, आइतबार

देशभर थप १४३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्‍यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९८० जनामा पिसिआर परिक्षण गर्दा १४१ जना र ३५३ जनामा एन्टीजेन परिक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९५ हजार ३९७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४४८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ८० जना, ललितपुर जिल्लामा ३६ जना र भक्तपुर जिल्लामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ५१ हजार ६१४ पिसिआर परीक्षण भएको छ भने ६ लाख ७९ हजार ६३७ एन्टीजेन परीक्षण गरिएको छ भने ११२ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ७१३ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८७ लाख ३६ हजार ५३२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७४ लाख ३४ हजार ७९७ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !