१२ आश्विन २०८१, शनिबार

देशभर थप १८३ जनामा कोरोना पुष्टि, ६४९ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३०७ जनामा पिसिआर परिक्षण गर्दा १७४ जना र २५३७ जनामा एन्टीजेन परिक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९४ हजार ४३८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४३८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४७ जना, ललितपुर जिल्लामा २२ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ४७ हजार ५०० पिसिआर परीक्षण भएको छ भने ६ लाख ७७ हजार ४८६ एन्टीजेन परीक्षण गरिएको छ भने ११५ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ८ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८७ लाख ३६ हजार ७८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७४ लाख ३३ हजार २६६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !