१५ असार २०८१, शनिबार

देशभर थप ३५६ जनामा कोरोना पुष्टि, ५१८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३२५९ जनामा पिसिआर परिक्षण गर्दा २८७ जना र ३१२५ जनामा एन्टीजेन परिक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९३ हजार ७८९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४३६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ८४ जना, ललितपुर जिल्लामा ३४ जना र भक्तपुर जिल्लामा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ४५ हजार १९३ पिसिआर परीक्षण भएको छ भने ६ लाख ७४ हजार ९४९ एन्टीजेन परीक्षण गरिएको छ भने ११८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ८ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८७ लाख ३५ हजार २६४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७४ लाख ३० हजार ३०५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !