१५ असार २०८१, शनिबार

देशभर थप ४०८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५७३१ जनामा पिसिआर परिक्षण गर्दा ३७६ जना र २१६८ जनामा एन्टीजेन परिक्षण गर्दा ३२ जना गरी ४०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९१ हजार ७८७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४०७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ९९ जना, ललितपुर जिल्लामा १३ जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख २० हजार ७७४ पिसिआर परीक्षण भएको छ भने ६ लाख ६१ हजार १२० एन्टीजेन परीक्षण गरिएको छ भने २११ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ९ हजार ३७६ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८६ लाख ६८ हजार ५९२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७१ लाख ८९ हजार ६८९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !