१५ असार २०८१, शनिबार

देशभर थप ५९१ जनामा कोरोना पुष्टि, ६६४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८८४८ जनामा पिसिआर परिक्षण गर्दा ५९१ जना र २५०७ जनामा एन्टीजेन परिक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८९ हजार ७८९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११३८२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १५७ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख २ हजार ५८२ पिसिआर परीक्षण भएको छ भने ६ लाख ५३ हजार ७५६ एन्टीजेन परीक्षण गरिएको छ भने २१४ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८६ लाख ५५ हजार २१५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६८ लाख ६५ हजार ६६५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !