काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०२२ जनामा पिसिआर परिक्षण गर्दा ५३५ जना र १४०४ जनामा एन्टीजेन परिक्षण गर्दा १२७ जना गरी ६६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८४ हजार १५५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११३१८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १९५ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४३ लाख ४३ हजार ६४० पिसिआर परीक्षण भएको छ भने ६ लाख ३६ हजार ४८३ एन्टीजेन परीक्षण गरिएको छ भने २२७ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८५ लाख ६८ हजार २६३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ८९ हजार ८२८ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।