काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२६४ जनामा पिसिआर परिक्षण गर्दा ६६७ जना र ३४०८ जनामा एन्टीजेन परिक्षण गर्दा १३८ जना गरी ८०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७३ हजार १४० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२०० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २०७ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४२ लाख ६४ हजार ६७ पिसिआर परीक्षण भएको छ भने ६ लाख ४ हजार ७१० एन्टीजेन परीक्षण गरिएको छ भने २४२ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल देशभर १५ हजार ९४२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा र १२१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३२९ जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा रहेका छन् ।
आजसम्म ८० लाख ८ हजार ८५४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ३० हजार ४३१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।