१२ आश्विन २०८१, शनिबार

देशभर थप १०७८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५५५ जनामा पिसिआर परिक्षण गर्दा ८९८ जना र ३२१० जनामा एन्टीजेन परिक्षण गर्दा १८० जना गरी १०७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १११३५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २६७ जना, ललितपुर जिल्लामा ६५ जना र भक्तपुर जिल्लामा ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४२ लाख ५ हजार ३८२ पिसिआर परीक्षण भएको छ भने ५ लाख ७७ हजार ८३५ एन्टीजेन परीक्षण गरिएको छ भने २३८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा र १३६६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३५३ जना आईसीयूमा र ११७ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ७४ लाख ५६ हजार ३८४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !