१२ आश्विन २०८१, शनिबार

देशभर थप १६४० जनामा कोरोना पुष्टि, २१६१ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७६७ जनामा पिसिआर परिक्षण गर्दा १३४७ जना र ३६८८ जनामा एन्टीजेन परिक्षण गर्दा २९३ जना गरी १६४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१६१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३३ हजार १६१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०८८९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ३४९ जना, ललितपुर जिल्लामा १५० जना र भक्तपुर जिल्लामा ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख ९० हजार ५९९ पिसिआर परीक्षण भएको छ भने ४ लाख ९९ हजार ७२५ एन्टीजेन परीक्षण गरिएको छ भने २५६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर २९ हजार ४७९ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा र १७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४८८ जना आईसीयूमा र १४० जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५६ लाख ८३ हजार ६१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५० लाख ५६ हजार ८०३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !