१४ असार २०८१, शुक्रबार

देशभर थप १६७७ जनामा कोरोना पुष्टि, २०७२ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १११११ जनामा पिसिआर परिक्षण गर्दा १४२३ जना र ३९२३ जनामा एन्टीजेन परिक्षण गर्दा २५४ जना गरी १६७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३१ हजार जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०८७९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ३६४ जना, ललितपुर जिल्लामा ८९ जना र भक्तपुर जिल्लामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख ८० हजार ८३२ पिसिआर परीक्षण भएको छ भने ४ लाख ९६ हजार ३७ एन्टीजेन परीक्षण गरिएको छ भने २५८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५१४ जना आईसीयूमा र १५४ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५६ लाख ३ हजार ७५७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५० लाख १२ हजार ८२१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !