१२ आश्विन २०८१, शनिबार

देशभर थप १०८९ जनामा कोरोना पुष्टि, १५३४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५१७० जनामा पिसिआर परिक्षण गर्दा ९७६ जना र २८०१ जनामा एन्टीजेन परिक्षण गर्दा ११३ जना गरी १०८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५३४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख २७ हजार १८५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०८३८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २८८ जना, ललितपुर जिल्लामा ८९ जना र भक्तपुर जिल्लामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख ५८ हजार ११२ पिसिआर परीक्षण भएको छ भने ४ लाख ८७ हजार ७४४ एन्टीजेन परीक्षण गरिएको छ भने २६६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा र २१६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५२३ जना आईसीयूमा र १६२ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५५ लाख ३३ हजार ७९४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४८ लाख ९५ हजार १५२ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !