१२ आश्विन २०८१, शनिबार

देशभर थप १८५७ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९४०९ जनामा पिसिआर परिक्षण गर्दा १५१६ जना र ३७६७ जनामा एन्टीजेन परिक्षण गर्दा ३४१ जना गरी १८५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२२२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १० हजार ४५२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०६९० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ३७० जना, ललितपुर जिल्लामा ११२ जना र भक्तपुर जिल्लामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ८६ हजार ८७८ पिसिआर परीक्षण भएको छ भने ४ लाख ५८ हजार ४६१ एन्टीजेन परीक्षण गरिएको छ भने ३४६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा र ३०३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६१४ जना आईसीयूमा र १७४ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५० लाख ६३ हजार ५२२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !