७ असार २०८१, शुक्रबार

देशभर थप २२९९ जनामा कोरोना पुष्टि, ३४५१ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५६६ जनामा पिसिआर परिक्षण गर्दा १३९१ जना र ४०३० जनामा एन्टीजेन परिक्षण गर्दा ९०८ जना गरी २२९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७८ हजार ८०८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४५१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ३ हजार ६०० जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९१७९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख ५७ हजार ८२९ पिसिआर परीक्षण भएको छ भने १ लाख ९६ हजार ६९६ एन्टीजेन परीक्षण गरिएको छ । सक्रिय कोरोना संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ भने २९९ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २६ हजार ३३६ जना होम आइसोलेसनमा र २९३८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६३२ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !