१३ असार २०८१, बिहिबार

देशभर थप १९२० जनामा कोरोना पुष्टि, ३००७ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६००० जनामा पिसिआर परिक्षण गर्दा १३५३ जना र ३८३६ जनामा एन्टीजेन परिक्षण गर्दा ५६७ जना गरी १९२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ७७५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३००७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ८४ हजार ३३४ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९००९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख २३ हजार ३९ पिसिआर परीक्षण भएको छ भने १ लाख ७४ हजार ९४९ एन्टीजेन परीक्षण गरिएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ३३६ जना रहेको छ भने ३६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ३७ हजार ४८९ जना होम आइसोलेसनमा र २८४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७०६ जना आईसीयूमा र २०० जना भेन्टिलेटरमा रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !