१३ असार २०८१, बिहिबार

देशभर थप २०१६ जनामा कोरोना पुष्टि, ४९१४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४७०४ जनामा पिसिआर परिक्षण गर्दा ११७४ जना र ४८०६ जनामा एन्टीजेन परिक्षण गर्दा ८४२ जना गरी २०१६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ८५७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९१४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ८१ हजार ३२७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८९७५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख १७ हजार ३९ पिसिआर परीक्षण भएको छ भने १ लाख ७१ हजार ११३ एन्टीजेन परीक्षण गरिएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४२ हजार २४ जना रहेको छ भने ३६१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २८२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !