१३ असार २०८१, बिहिबार

देशभर थप २४७६ जनामा कोरोना पुष्टि, ५४५५ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९५८६ जनामा पिसिआर परिक्षण गर्दा १७२१ जना र ४७६५ जनामा एन्टीजेन परिक्षण गर्दा ७५५ जना गरी २४७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६१ हजार ८४१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४५५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८९४५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख १२ हजार ३३५ पिसिआर परीक्षण भएको छ भने १ लाख ६६ हजार ३०७ एन्टीजेन परीक्षण गरिएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार ७९४ जना रहेको छ भने ३७३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ४२ हजार ९१० जना होम आइसोलेसनमा र २८८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७१४ जना आईसीयूमा र २०१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !