१५ असार २०८१, शनिबार

देशभर थप २४४२ जनामा कोरोना पुष्टि, ३४५६ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०९५६ जनामा परिक्षण गर्दा २४४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४७ हजार ६५१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४५६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ५६ हजार ७९८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८७२६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५५ हजार ५३२ जना रहेको छ भने ४४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोना सक्रिय संक्रमितमध्ये ५१ हजार ८३३ जना होम आइसोलेसनमा र ३६९९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८७१ जना आईसीयूमा र २५० जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !