१५ असार २०८१, शनिबार

थप २८२८ जनामा कोरोना पुष्टि, ३०८२ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८६८७ जनामा पिसिआर परिक्षण गर्दा २०१४ जना र ४३३५ जनामा एन्टीजेन परिक्षण गर्दा ८१४ जना गरी २८२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार २१६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०८२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ४३ हजार ५२१ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८५५८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३२ लाख ४० हजार २९९ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ६२ हजार १३७ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४३११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ९०२ जना आईसीयूमा र २७९ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !