२० असार २०८१, बिहिबार

थप २४०७ जनामा कोरोना पुष्टि, ३९९४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५१७ जनामा पिसिआर परिक्षण गर्दा १६९४ जना र ४८८९ जनामा एन्टीजेन परिक्षण गर्दा ७१३ जना गरी २४०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ८ हजार ४७२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९९४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ३१ हजार १०५ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८४१२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३२ लाख १४ हजार ७२५ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ६८ हजार ९५५ जना रहेको छ भने ५४७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ६३ हजार ७४४ जना होम आइसोलेसनमा र ५२११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११०० जना आईसीयूमा र ३४७ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !