२० असार २०८१, बिहिबार

थप ३३८४ जनामा कोरोना पुष्टि, ६२९५ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५०६ जनामा पिसिआर परिक्षण गर्दा २३८२ जना र ५९८८ जनामा एन्टीजेन परिक्षण गर्दा १००२ जना गरी ३३८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२९५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख २७ हजार १११ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८३६६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३२ लाख ७ हजार २०८ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ जना रहेको छ भने ५५२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ६५ हजार ९५३ जना होम आइसोलेसनमा र ५३४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १२०६ जना आईसीयूमा र ३७३ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !