१२ असार २०८१, बुधबार

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु


भेरी अस्पताल

बाँके । बाँके जिल्लाका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । ती संक्रमितको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३ र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !