१२ आश्विन २०८१, शनिबार

एकैदिन ३४७९ जनामा कोरोना पुष्टि, ६६३६ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०४७१ जनामा पिसिआर परिक्षण गर्दा ३०२४ जना र ३२६२ जनामा एन्टीजेन परिक्षण गर्दा ४५५ जना गरी ३४७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८८ हजार १२४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ४ लाख ९१ हजार ९ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ९९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७८९८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३१ लाख ४३ हजार ६२ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ८९ हजार २१७ जना रहेको छ भने ७३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ८२ हजार ७०३ जना होम आइसोलेसनमा र ६५१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १४४२ जना आईसीयूमा र ३८१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !