१२ आश्विन २०८१, शनिबार

एकैदिन ६६५३ जनामा कोरोना पुष्टि, ८६६३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४१८२ जनामा पिसिआर परिक्षण गर्दा ४६२४ जना र ६६३१ जनामा एन्टीजेन परिक्षण गर्दा २०२९ जना गरी ६६५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६६३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७७३१ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३१ लाख २१ हजार १२० पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको छ भने ७५५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा र ६८०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १४२२ जना आईसीयूमा र ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !