१२ आश्विन २०८१, शनिबार

एकैदिन ६०८५ जनामा कोरोना पुष्टि, ६८९८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७१४७ जनामा पिसिआर परिक्षण गर्दा ५२८५ जना र ३०१८ जनामा एन्टीजेन परिक्षण गर्दा ८०० जना गरी ६०८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८९८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७५५४ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३० लाख ७४ हजार ५७१ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ४ हजार ७८९ जना रहेको छ भने ७२५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !