१२ आश्विन २०८१, शनिबार

एकैदिन ४३६९ जनामा कोरोना पुष्टि, ६२०५ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०९८६ जनामा पिसिआर परिक्षण गर्दा ३७०२ जना र १७८४ जनामा एन्टीजेन परिक्षण गर्दा ६६७ जना गरी ४३६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार ७९१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२०५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४ लाख ४० हजार ९५५ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७२७२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३० लाख ४२ हजार ३६९ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ८ हजार ८९७ जना रहेको छ भने ७६३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख १ हजार ३३४ जना होम आइसोलेसनमा र ७५६३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५४५ जना आईसीयूमा र ४०७ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !