काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ८६७ जना, ललितपुर जिल्लामा १९९ जना र भक्तपुर जिल्लामा १०५ जनामा कोरोना संक्रमण देखिएको छ ।
हिजो काठमाडौं उपत्यकामा २३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो । मन्त्रालयका अनुसार हिजो काठमाडौं जिल्लामा १७९६ जना, ललितपुर जिल्लामा ३१५ जना र भक्तपुर जिल्लामा २१३ जनामा कोरोना संक्रमण देखिएको थियो ।