१२ आश्विन २०८१, शनिबार

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढ्दो


नेपाल कोरोना

काठमाडौँ । गत २४ घण्टामा छ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) संक्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला आज संक्रमित भन्दा निको हुनेको संख्या बढेको हो ।

यस अवधिमा छ हजार ७१४ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको संख्या दुई जना बढी रहेको मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा छ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४९३ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभरमा संक्रिय संक्रमितको सङ्ख्या १ लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !