१२ आश्विन २०८१, शनिबार

एकैदिन ७९१४ जनामा कोरोना पुष्टि, ७६६४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८९६५ जनामा पिसिआर परिक्षण गर्दा ७५९८ जना र ९३१ जनामा एन्टीजेन परिक्षण गर्दा ३१६ जना गरी ७९१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ९१ हजार ३४८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ६३४६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २९ लाख १६ हजार ४६८ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ५४७ जना रहेको छ भने ८७३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार १९८ जना होम आइसोलेसनमा र ७३४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !