६ असार २०८१, बिहिबार

एकैदिन ८६०७ जनामा कोरोना पुष्टि, ७८९० जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२३५३ जनामा पिसिआर परिक्षण गर्दा ८४०७ जना र ८७३ जनामा एन्टीजेन परिक्षण गर्दा २०० जना गरी ८६०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८९० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ७४ हजार ८३६ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १७७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ६०२४ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २८ लाख ७८ हजार १४६ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १६ हजार १९२ जना रहेको छ भने ९१२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७६९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु