६ असार २०८१, बिहिबार

एकैदिन ८३०५ जनामा कोरोना पुष्टि, ६५४३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१६९५ जनामा पिसिआर परिक्षण गर्दा ८२२७ जना र ३९२ जनामा एन्टीजेन परिक्षण गर्दा ७८ जना गरी ८३०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५४३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ६६ हजार ९४६ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ५८४७ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २८ लाख ५५ हजार ७९३ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ८५२ जना रहेको छ भने ९३२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ३८ जना होम आइसोलेसनमा र ७८१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १७४८ जना आईसीयूमा र ४९२ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु