६ असार २०८१, बिहिबार

एकैदिन ८१७३ जनामा कोरोना पुष्टि, ७९८९ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २११३९ जनामा पिसिआर परिक्षण गर्दा ८०६४ जना र ७०८ जनामा एन्टीजेन परिक्षण गर्दा १०९ जना गरी ८१७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ४१८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९८९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ६० हजार ४०३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ५६५७ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २८ लाख ३४ हजार ९८ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १४ हजार ३५८ जना रहेको छ भने ८५४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ९११ जना होम आइसोलेसनमा र ७४४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १६१८ जना आईसीयूमा र ३८१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु