काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१६५३ जनामा पिसिआर परिक्षण गर्दा ९१९८ जना र ४३४ जनामा एन्टीजेन परिक्षण गर्दा ४९ जना गरी ९२४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७६७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ४५ हजार ५२३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ५२१५ जनाको मृत्यु भईसकेको छ ।
हालसम्म नेपालमा २७ लाख ९२ हजार ६७३ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १३ हजार ४८० जना रहेको छ भने ७०८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ५१० जना होम आइसोलेसनमा र ६९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १२५९ जना आईसीयूमा र ४०० जना भेन्टिलेटरमा रहेका छन् ।