११ बैशाख २०८१, मंगलबार

बनेपामा कोभिड अस्पतालको सेवा शुरु


कोरोना भाइरस

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको कोभिङ उपचार सेवाको उद्घाटन गरे ।

नगरपालिकाको स्वीकृतिमा सञ्चालित १५ श्ययाको सो अस्पतालसँग सम्झौता गरी कोभिडबाट सङ्क्रमित विरामीको उपचारको लागि व्यवस्था मिलाएको छ ।

नगरपालिकाले चार शैयाको आइसियू र छ श्ययाको अक्सिजन सुविधासहित गरी दश श्यया नगरपालिकालाई कोभिड विरामी उपचारको लागि जिम्मा दिनुपर्ने सम्झौता गरेको छ ।

अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले जिल्लामा विरामीको उपचारमा थप सहजता प्रदान गर्नको लागि बनेपामा नै अस्पताल सञ्चालन गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !