६ असार २०८१, बिहिबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो


मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघेर ५००१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा १९५३९ जनामा पिसिआर परिक्षण गर्दा ७३१६ जना र ३४४ जनामा एन्टीजेन परिक्षण गर्दा ५२ जना गरी ७३६८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० जना पुगेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ५००१ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १८८१ जना, ललितपुर जिल्लामा ४३६ जना र भक्तपुर जिल्लामा २९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा २७ लाख ७० हजार ९८० पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १० हजार २६३ जना रहेको छ भने ७०१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख २ हजार ४५५ जना होम आइसोलेसनमा र ७८०८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु