१२ आश्विन २०८१, शनिबार

सेती अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु


सेती प्रादेशिक अस्पताल

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ जना र बैतडीका १ जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी नगरपालिका–१० कै ६४ वर्षीय पुरुष र गोदावरी नगरपालिका–१ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !