७ पुस २०८१, आइतबार

काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई अब कोभिड अस्पताल


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ । नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्यालले सो निर्णय भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । उनले कोरोना संक्रमणको अवस्था र बिरामीको अस्पताल भर्ना हुने दर हेर्दा अक्सिजन माग ह्वात्तै बढेको हुनाले अक्सिजनको वितरणमा चुनौती आएको पनि जानकारी दिए ।

महामारी उच्च गतिमा बढेकाले सरकारले पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए । कोरोना संक्रमित बढ्दै जाँदा बेड अभाव भएपछि यस्तो निर्णय गरेको मन्त्रालयको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !