१२ आश्विन २०८१, शनिबार

कोरोना संक्रमणबाट थप २२५ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ७९ जना र अन्य समयमा १४६ जना गरी २२५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आज मंगलबार मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेट विवरणअनुसार २४ घण्टामा नेपाली सेनाले शव व्यवस्थापन गरेका समेत जोड्दा २२५ जना मृतकको संख्या थपिएको जनाइएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !