१३ पुस २०८१, शनिबार

कोरोना जितेका पूर्वप्रधानमन्त्री खनाल आज डिस्चार्ज हुँदै


झलनाथ खनाल

काठमाडौं । कोरोना संक्रमण भएर काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल चिकित्सकहरूको सल्लाह अनुसार आज डिस्चार्ज हुने भएका छन् ।

गत वैशाख १८ गते शनिबार उक्त अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार शुरू गरिएको थियो । भर्ना भएको दोस्रो दिनदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

नर्भिकमा भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको थियो । यही क्रममा दुई दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !