१२ आश्विन २०८१, शनिबार

नेपालमा एकैदिन अहिलेसम्मकै उच्च ८६५९ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०७५६ जनामा पिसिआर परिक्षण गर्दा ८६०५ जना र ६१६ जनामा एन्टीजेन परिक्षण गर्दा ५४ जनामा गरी जम्मा ८६५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९९३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८९ हजार ७८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३४७५ जनाको मृत्यु भईसकेको छ ।

सक्रिय कोरोना संक्रमितको संख्या ६६३५२ जना रहेको छ भने ३८१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !