५ जेष्ठ २०८१, शनिबार

कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु


मृत्यु

धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिनुभयो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !