६ जेष्ठ २०८१, आइतबार

नेपालले रुससँग ८० लाख डोज कोरोना खोप किन्ने


रुसी खोप स्पुत्निक-भी

काठमाडौँ । नेपाललाई रुसले आगामी डिसेम्बरसम्ममा ८० लाख डोज कोरोना खोप किन्न दिने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच हिजो बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता दिएको हो ।

नेपाल र रुसबीच कोरोना खोपको मूल्यको विषयमा भने अहिलेसम्म सहमति भइसकेको छैन । रुसबाट सरकार-सरकार (जीटूजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप ‘स्पुतनिक–भी’ ल्याउने निर्णय गरेर सरकारले छलफल अघि बढाएको थियो ।

छलफलका क्रममा मन्त्री त्रिपाठीले ४० लाख डोज खोप तत्काल आवश्यक पर्ने जानकारी गराएका थिए । रुससँग सहुलियतमा खोप उपलब्ध गराउन र अनुदानमा समेत दिन आग्रह गरिएको छ ।

उनले अनुदानका लागि चिठी लेखिसकेको बताए । औषधि व्यवस्था विभागले वैशाख ७ गते आपत्कालीन प्रयोगका लागि रुसी खोपलाई स्वीकृति दिइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !