१२ श्रावण २०८१, शनिबार

ऊर्जामन्त्री रायमाझीसहित परिवार र सचिवालयका ७ जनामा कोरोना संक्रमण पुष्टि


टोपबहादुर रायमाझी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।

मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उनकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो ।

हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ । अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौंँ आएपछि उनलाई कोरोनाको लक्षण देखा परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !