१० असार २०८१, सोमबार

कोरोनाविरुद्धको दोस्रो डोज खोप आजदेखि लगाइदै, काठमाडौंका यी खोप सेन्टर लगाइने

कोरोनाको दोस्रो डोज खोप आजदेखि लगाइदै


कोभिशिल्ड

काठमाडौँ । आजदेखि कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाइदैछ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको पहिलो चरणको खोप लगाएका नागरिकलाई आज वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाउन शुरु गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने भएको हो । माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएका सबैलाई दोस्रो चरणको खोप लगाउन लागेको हो ।

मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई सो खोप दिन लागेको जनाएको छ ।

दोस्रो चरणको खोप लिनलाई खोप कार्ड अनिवार्य लगेर खोप केन्द्रमा जान भनिएको छ । खोप बिहान १० बजेदेखि ४ बजे सम्म दिने मन्त्रालयले जनाएको छ ।

यस्तो छ खोप लगाउने तालिका

गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते लगाउन भनिएको छ ।

माघ १८, १९, २०, २१, र २७ गते लगाउनेले वैशाख ८ गते लगाउन मिति तोकिएको छ ।

माघ २२, २३, २४, २८ र फागुन २ गते लगाउनेले वैशाख ९ गते लगाउन भनिएको छ ।

माघ २९ र फागुन ३, ४, ५, ६ गते लगाउनेलाई वैशाख १० गते लगाउन मिति तोकिएको छ ।

र माघ ३० र फागुन ७, ८, ९ र १० गते लगाउनेलाई ११ गते लगाउन भनिएको छ ।

यस्तो छ खोप लगाउने तालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !